Members

हामी हाम्रो राष्ट्रिय ध्वजालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ । एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पूरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ । यसको सुनौला अक्षरले लेखिएको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ । हामी हाम्रो राष्ट्रिय ध्वजाप्रति अविचलित निष्ठाको घोषणा गर्दै र यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा यसलाई राष्ट्रहरुका माझमा गौरवका साथ फरफराई राख्न साँचो प्रयास गर्नेछौँ ।

Find us on Facebook
Lions Clubs International News
Connect with Us Online